Notices

लुम्बिनी जनरल ईन्सुरेन्सको मार्केटिङ सम्बन्धी तालिम सम्पन्न

लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश एकमा मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले तालिम प्रदान गर्नु भएको हो । तालिममा प्रशासन प्रमुख किरण मुढभरी र नवनियुक्त प्रदेश नं १ का क्षेत्रीय प्रबन्धक अभिषेक बरालको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा नवनियुक्त क्षेत्रिय प्रबन्धक बराललाई कम्पनीमा स्वागत समेत गरिएको थियो । बरालले यस अघि  माछापुच्छ्रे बैंक प्रदेश नं २ का क्षेत्रिय प्रबन्धकका रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो ।

Source: ourbiratnagar.net

 

Last Updated on August 18, 2021 by Admin

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको आफ्नो १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो । सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

source: Insurancekhabar.com

https://insurancekhabar.com/2021/06/115608/

Last Updated on June 18, 2021 by Admin

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"

Press Release 18th AGM

Lumbini General Insurance Company Ltd.