विविध बीमा

परिचय

• बिबिध बिमा व्यक्तिगत तथा सामूहिक दुर्घटना बीमाः
यस बीमालेखले बीमितको मृत्यु, पूर्ण तथा आंशिक शारीरिक क्षति तथा सोबाट उत्पन्न हुने अस्थायी अशक्तताका कारणबाट व्यहोर्नुपर्ने हानीनोक्सानी बिरुद्ध सुरक्षण प्रदान गर्दछ । यसले दुर्घटनाजन्य औषधोपचार खर्च समेत प्रदान गर्दछ ।

• सेंधमारी तथा नकबजनी बीमाः
यस बीमालेखले तपाईको भौतिक सम्पत्तीको चोरी तथा डकैतिबाट हुनसक्ने हानी नोक्सानीबाट सुरक्षण प्रदान गर्दछ ।

• यात्रा बीमाः
बिदेशमा यात्राको अवधीमा बिभिन्न कठिनाईहरुको सामना गर्नुपर्ने हुनसक्छ । यात्रा अवधीभर तपाईको सामान, कागजपत्र चोरिने, हराउने, बिरामी भई औषधोपचारमा हुने खर्च, दुर्घटनाबाट हुने नोक्सानी तथा खर्चहरु र दायित्व बीमाको सुरक्षण प्रदान गर्नुका साथै मालसामानको सुरक्षा समेत समावेस हुनेछ ।

• औषधोपचार बीमाः
व्यक्ति, परिवार तथा संगठित संस्थामा कार्यरत कर्मचारीहरुको उपचारको सिलसिलामा भएका खर्चहरुको क्षतिपूर्ति प्राप्त गर्न सकिन्छ ।

• मार्गस्थ नगद बीमाः
नगद कारोवार वा ओसारपसारका क्रममा लुटिने हराउने लगायतका जोखिम हुन्छन् । यस बीमालेखले त्यस्ता जोखिमबाट तपाईलाई सुरक्षा प्रदान गर्दछ ।

• ग्राहस्थ बीमाः
यस बीमालेखले तपाईका घरायसी सम्पत्तीहरु जस्तैः आवासीय भवन लगायत सोमा रहेका मालसामान उपकरण आदिमा आगलागी वा अन्य प्राकृतिक प्रकोपबाट हुने नोक्सानीबाट आर्थिक सुरक्षण प्रदान गर्दछ । यसको साथै यस बीमाबाट सीमित मात्रामा व्यक्तिगत दुर्घटना बीमा समेतको जोखिम बहन गर्न गरिन्छ ।

• विद्युतीय उपकरण बीमाः
विद्युतीय माध्यमबाट संचालन हुने कम्प्युटर, फ्याक्स मेशिन, कारखाना, अस्पताल, कार्यालयमा जडान गरिएका विद्युतीय सामग्रीहरु, घरायसी उपकरणहरु आदिको सुरक्षण प्रदान गर्न सकिन्छ ।

• व्यवसायिक बीमाः
व्यबसायिक व्यक्तिहरु जस्तै, डाक्टर, इन्जिनियर, कानून व्यवसायी आदिले जिम्मेवारीको सिलसिलामा उत्पन्न हुने दायित्वको बीमा गर्न सकिन्छ ।

• जनदायित्व बीमाः
सार्वजनिक रुपमा प्रयोगमा आउने बस्तुहरुमा हुने क्षति जस्तै, प्रज्वलनशिल पदार्थहरु बिष्फोट, रसायनिक बस्तुहरुको चुहावटको कारणबाट तेश्रो पक्षको जीवन वा सम्पत्तीमाथि हुने क्षति बापत सुरक्षण प्रदान गर्दछ ।

लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लि.ले २०६२ साल श्रावण ४ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

Last Updated on जुलाई 20, 2020 by Admin

डाउनलोड

    सामाग्री उपलब्ध छैन।
"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"

Right to Information 079

To download 4th Quarterly Report Click here

लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड