मोटर बीमा ताेकिएकाे अबधिभरमा बीमितकाे मोटर(वाहन) लाई हुने नोक्सान बिरूद्ध क्षतिपूर्तिको सम्झौता हो। सवारी साधनको व्यापक बीमा अन्तर्गत सवारी साधनको क्षतिको साथै तेस्रो पक्ष दायित्वको जोखिम समेत बीमा गर्न सकिन्छ। यसमा चालक, परिचालक, संचालक, यात्रु आदिको व्यक्तिगत दुर्घटना बीमा समावेश गर्न सकिने व्यवस्था छ। हामी माझ सवारी साधनलाइ अझै पनि विलासिताको वस्तुको रुपमा साेचिने गरेको छ तर सवारी साधनको क्षति, हानी नोक्सानीको ठुलो रकमको खर्च हो जसको सोधभर्ना गर्न धेरै बर्ष लाग्छ। यदि कसैले ऋण सुविधा अन्तर्गत सवारी साधन खरिद गरेको अवस्थामा यस्तो क्षति झनै विकराल हुन्छ। कतिपय अवस्थामा आफ्नो गल्ति नै नभइकन पनि दुघर्टना हुने गर्दछ। असंख्य सवारी साधनहरु र दिनानुदिन साघुरिदै गएका सडकको कारणबाट हामी क्षति भाेग्न बाध्य भइरहेका छौ। लुम्बिनी जनरल इन्स्याेरेन्सकाे माेटर बीमाले दुर्घटनाको कारणबाट हुने आर्थिक क्षतिमा राहत प्रदान गर्नुको साथै सवारी धनीलाई मानसिक निश्चिन्तता पनि प्रदान गर्दछ ।
लुम्विनी जनरल इन्स्याेरेन्स कंपनीले प्रथम माेटर बीमा २०६२ साल श्रावण २ गते बाट शुरू गरेकाे हाे ।
Last Updated on मार्च 10, 2021 by Admin