सुचनाहरू

लुम्बिनी जनरल इन्स्योरेन्स ओपन गल्फ प्रतियोगिता २०२२ सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा दुईदिने ओपेन गल्फ प्रतियोगिता चैत्र ११ र १२ गते सम्पन्न भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई दिने ओपन गल्फ टुर्नामेन्टको प्रायोजन गरेको हो ।उक्त प्रतियोगितामा १०० जना खेलाडीहरू सहभागी थिए । सहभागी विजेता खेलाडीहरूलाई विभिन्न १६ विद्यामा पुरस्कार तथा पदकहरू वितरण गरिएको छ ।

काठमाडौंको त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न पुरुष गल्फ प्रतियोगिताको उपाधि नेपाली सेनाका भूतपूर्व कर्णेल सशीविक्रम सिंहले जितेका छन् । प्रतियागितामा पुरुषतर्फको फर्स्ट रनर अप अतिरिक्त प्रहरी महानिरिक्षक हरिबहादुर पाल भए । त्यस्तै ग्रस विनरमा सुरज श्रेष्ठ, सिनियर विनरमा मेजर जनरल विजय मोक्तान, सिनियर फर्स्ट रनरअपमा सनप्रसाद प्रधान र होल इन वान होल नम्बर ६ को उपाधि जयवीर आचार्यले जितेका छन् । त्यस्तै महिलातर्फको फर्स्ट रनर अपको उपाधि रेखा घिमिरेले जितेकी छन् । जुनियर विनर गर्ल्सको उपाधि इष्टेना टण्डन, जुनियर महिला फर्स्ट रनर अपको उपाधि अन्वद्या मल्लले जितेकी छन् ।

source: विकासन्युज‍.कम

Last Updated on मार्च 31, 2022 by Admin

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले कर्णाली र सुदरपश्चिम प्रदेशस्तरीय मार्केटिङ मिट कार्यक्रम सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले कर्णाली र सुदरपश्चिम प्रदेशस्तरीय मार्केटिङ मिट कार्यक्रम हिजो सम्पन्न गरेको छ । कैलाली जिल्लाको लम्कीचुवा नपा ३, कर्णाली चिसापानीमा यही असोज १ गते आयोजित कार्यक्रममा उक्त दुई प्रदेशमा रहेको कम्पनीका १० वटा शाखाको सहभागिता रहेको थियो ।

 

 

 

 

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनको जुम्ला, रुकुम, सुर्खेत, नेपालगन्ज, दिपायल, बझाङ, महेन्द्र, लम्की, धनगढी, नेपालगन्ज शाखाका प्रमुख र मार्केटिङ विभागका कर्मचारीहरुलाई कम्पनीलाई तालिम तथा मार्केटिङ रणनीति सम्बन्धी छलफल गरिएको कम्पनीले जनाएको छ ।

 

source https://www.beemapost.com

Last Updated on सेप्टेम्बर 18, 2021 by Admin

लुम्बिनी जनरल इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको अभिकर्ता तालिम सम्पन्न भएको छ । उक्त तालिम कम्पनीले २०७८ साल भाद्र १८ गतेदेखि २० गतेसम्म प्रधान कार्यालय, ज्ञानेश्वरमा संचालन गरेको थियो ।

तालिममा ३१ जना प्रशिक्षार्थीहरू सहभागी भएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानले तालिममा सहभागीहरूलाइ प्रमाणपत्र वितरण गरेका थिए ।

Source: Insurancekhabar.com

Last Updated on सेप्टेम्बर 7, 2021 by Admin

लुम्बिनी जनरल ईन्सुरेन्सको मार्केटिङ सम्बन्धी तालिम सम्पन्न

लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश एकमा मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले तालिम प्रदान गर्नु भएको हो । तालिममा प्रशासन प्रमुख किरण मुढभरी र नवनियुक्त प्रदेश नं १ का क्षेत्रीय प्रबन्धक अभिषेक बरालको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा नवनियुक्त क्षेत्रिय प्रबन्धक बराललाई कम्पनीमा स्वागत समेत गरिएको थियो । बरालले यस अघि  माछापुच्छ्रे बैंक प्रदेश नं २ का क्षेत्रिय प्रबन्धकका रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो ।

Source: ourbiratnagar.net

 

Last Updated on अगस्ट 18, 2021 by Admin

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"

Press Release 18th AGM

लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड