नागरिक बडापत्र

कम्पनीमा उपलब्ध सेवाहरू निर्जीवन बीमा सम्बन्धी सबै प्रकारका सुबिधाहरू।
सम्बन्धित ऐन नियमहरू कम्पनी ऐन २०६३; बीमा ऐन २०७९; बीमा नियमावली २०४९; अन्य सम्बन्धित कानून तथा ऐन, नेपाल बीमा प्राधिकरण (नेपालकाे बीमा नियमक) तथा कम्पनी रजिस्टारको कार्यालय र नेपाल धितोपत्र बोर्ड द्वारा जारी निर्देशिका, नियम तथा परिपत्रहरू ।
सबै प्रकारका बिमालेख जारी गर्न अत्यावश्यक कागजातहरु राम्रोसङ्ग भरिएको प्रस्ताव फारम, फोटो, ग्राहक परिचय फाराम, जोखिम निरीक्षण प्रतिवेदन
बीमालेख तयार पार्न चाहिने कागजपत्रहरू
सवारी साधन बीमा : सवारी साधन दर्ता पुस्तिका (ब्लु बुक) को फोटोकपी, करारनामा पत्र र बिगतका बीमा कम्पनीले दिएको नविकरण सूचना ।
सामुद्रिक बीमा : प्रतित पत्र, विजक, पूर्व विजक, चलान आदि ।
ठेकेदारको सम्पूर्ण जोखिम बीमा :  ठेकेदारको मालिकसित भएको करारनामा, गर्नु पर्ने कामको विवरण (BOQ)
विदेश यात्रा बीमा :   पासपोर्टको फोटोकपी
ग्राहक परिचय फाराम : फोटो, नागरिकताको फोटोकपी, प्यान भ्याट दर्ता प्रमाणपत्र (संस्था भएमा)
अन्य बीमालेखको लागि: कम्पनीको माग बमोजिम अन्य कागजातहरू
बीमालेख तयार हुन लाग्ने समय बीमाको लागि चाहिने सम्पूर्ण जानकारी र आवश्यक कागजपत्रहरू प्राप्त भएपछि १ घण्टा (बढिमा) ।
बीमालेख / नविकरणको लागि तिर्नु पर्ने शुल्क बीमालेख/कर विजकमा उल्लेख भएको बीमाशुल्क; टिकट दस्तुर तथा मू.अ.क.को जम्मा रकम।
नविकरण सूचना एक वर्ष बीमा अवधि हुने बीमालेखहरूको लागि कम्पनीले सम्बन्धित बीमालेखको अवधि समाप्त हुनु भन्दा ४ हप्ता पहिले नविकरण सूचना पठाइन्छ।
अन्डरराइटिङ्ग सम्बन्धी उजुरी/गुनासो सुन्ने पदाधिकारी
प्रधान कार्यालय
प्रथम   :  श्री नवराज  तिमिल्सिना, सहायक महा प्रवन्धक
द्वितिय :  श्री बरिष्मा साउद आचार्य, नायव प्रमुख कार्यकारी अधिकृत
तृतिय  :   श्री नूर प्रकाश प्रधान, प्रमुख कार्यकारी अधिकृत
बीमा दावी कहाँ गर्ने
कम्पनीको प्रधान कार्यालयको दावी विभाग  लगायत कम्पनीका कुनै पनि शाखा कार्यालयहरूमा।
दावी फर्छ्याैट हुन लाग्ने समय
सर्भेयरको प्रतिवेदन प्राप्त भएपछि अथवा आवश्यक सम्पूर्ण कागजपत्रहरू प्राप्त भएपछि २ हप्ता भित्र।
दाबी सम्बन्धी उजुरी गुनासो सुन्ने पदाधिकारी
प्रधान कार्यालयः
प्रथम  – श्री सचिन मल्ल, सहायक प्रवन्धक
द्वितिय  -श्री करुणा मानन्धर, सहायक महा प्रवन्धक
तृतिय  – श्री नूर प्रकाश प्रधान, प्रमुख कार्यकारी अधिकृत
शेयर सम्बन्धि कार्यहरू कहाँ गर्ने?
शेयर रजिष्ट्रार सम्बन्धी कार्यहरू NIBL Capital, लाजिम्पाट, काठमाडौं फोन नम्बर ०१–४००५०८० मा गरिन्छ।
उजुरी गुनासो सुन्ने पदाधिकारी
प्रधान कार्यालय :
प्रथम         – श्री देवेन्द्र कोइराला  ( कम्पनी सचिव )
द्वितिय       – श्री नूर प्रकाश प्रधान, प्रमुख कार्यकारी अधिकृत
"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"

Press Release 18th AGM

लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड