लुम्बिनी जनरल इन्स्योरेन्स ओपन गल्फ प्रतियोगिता २०२२ सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स ओपन गल्फ प्रतियोगिता २०२२ सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा दुईदिने ओपेन गल्फ प्रतियोगिता चैत्र ११ र १२ गते सम्पन्न भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई दिने ओपन गल्फ टुर्नामेन्टको प्रायोजन गरेको हो ।उक्त प्रतियोगितामा १०० जना खेलाडीहरू सहभागी थिए । सहभागी विजेता खेलाडीहरूलाई विभिन्न १६ विद्यामा पुरस्कार तथा पदकहरू वितरण गरिएको छ ।

काठमाडौंको त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न पुरुष गल्फ प्रतियोगिताको उपाधि नेपाली सेनाका भूतपूर्व कर्णेल सशीविक्रम सिंहले जितेका छन् । प्रतियागितामा पुरुषतर्फको फर्स्ट रनर अप अतिरिक्त प्रहरी महानिरिक्षक हरिबहादुर पाल भए । त्यस्तै ग्रस विनरमा सुरज श्रेष्ठ, सिनियर विनरमा मेजर जनरल विजय मोक्तान, सिनियर फर्स्ट रनरअपमा सनप्रसाद प्रधान र होल इन वान होल नम्बर ६ को उपाधि जयवीर आचार्यले जितेका छन् । त्यस्तै महिलातर्फको फर्स्ट रनर अपको उपाधि रेखा घिमिरेले जितेकी छन् । जुनियर विनर गर्ल्सको उपाधि इष्टेना टण्डन, जुनियर महिला फर्स्ट रनर अपको उपाधि अन्वद्या मल्लले जितेकी छन् ।

source: विकासन्युज‍.कम

Last Updated on March 31, 2022 by Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"

Press Release 18th AGM

Lumbini General Insurance Company Ltd.