लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि को १३ओं बार्षिक साधारण सभा आज सम्पन्न भयो । सभाले बार्षिक प्रतिवेदन, आब ०७३/०७४ को वित्तीय विवरण, रु १० करोड बोनस शेयर वितरण लगायतका प्रस्तावहरु पारित गरेको छ । साथै सभामा संस्थापक शेयरधनी समूहबाट श्री मनोहर दास मूल, श्री विश्वराज रेग्मी, श्री अरुण राज श्रेष्ठ र श्री उमेश रेग्मी आगामी ४ बर्षको लागि सञ्चालकमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गरियो । आजै बसेको सञ्चालक समितिको बैठकबाट श्री मनोहर दास मूल अध्यक्षमा पुन: नियुक्त हुनुभएको छ ।
