लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (LGIL) काे लिलामी सेयरमा आवेदन गरेर सेयर प्राप्त गर्न नसकेका लगानीकर्ताको असोज १८ गते बुधबारदेखि पैसा फिर्ता सुरु भएको छ ।
गत भदौ २८ गतेदेखि असोज ६ गतेसम्म लिलामी आवेदन प्राप्त गरी कम्पनीले सञ्चालक समितिको निर्णय बमोजिम असोज ९ गते सेयरकाे बाँडफाँड गरेको थियाे । लिलामी सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालार्इ बाेलपत्र पेश गरेकाे स्थानबाट नै रकम फिर्ता सुरू गरिएकाे हाे । लिलामी सेयर प्राप्त गर्ने लगानीकर्ताको सूची विक्री प्रबन्धक सिबिआईएल क्यापिटलको सूचना पाटी वा तलकाे लिङ्कमा गइ हेर्न सकिने छ ।
बाँडफाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेला
Source: CbilCapital