शिलबन्दी बोलपत्रद्वारा शेयर बिक्री गर्ने बारे सूचना

शिलबन्दी बोलपत्रद्वारा शेयर बिक्री गर्ने बारे सूचना

यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी ले हकप्रदमा अवितरित ४२ हजार ८१५ कित्ता हकप्रद सेयर लिलाम बढाबढमा बिक्री खुल्ला गरेकाे छ । सेयर विक्री प्रबन्धक सिबिआईएल क्यापिटल रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको  न्यूनतम १०० रुपैयाँ वा साे भन्दा बढी मूल्य तोकि एक सय कित्ता वा सो भन्दा बढी १० ले भाग जाने गरि सबै कित्ता सेयरका लागि इच्छुक बोलपत्रदाताले आवेदन गर्न सक्नेछन् । बोलपत्र २०७४ भदौ २८ गतेदेखि असोज ६ गते १:३० बजेसम्ममा शिलबन्दी पेश गर्ने तोकिएकाे छ ।

प्राप्त बोलपत्र असोज ६ गते बेलुका ४ बजे सिबिआएल क्यापिटल बाटुलेघर डिल्लीबजारमा खुला गरिने क्यापिटलले जनाएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म शतप्रतिशत हकप्रद (३९लाख कित्ता) बिक्री खुला गर्दा अवितरित सेयर लिलाम बढाबढमा शिलबन्दी बोलपत्र आह्वान गरेको हो । चालु आर्थिक वर्षभित्र कम्पनीले चुक्ता पूँजी बढाएर एक अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

आफ्नो हकभन्दा बढी सेयर माग गरि दरखास्त दिई बाँडफाँडमा नपरेका सेयरधनीलाई इन्स्योरेन्स कम्पनीले भदौ २५ गतेदेखि सेयर निष्काशन तथा विक्री प्रबन्धकको कार्यालय डिल्लीबजारबाट फिर्ता भुक्तानी गर्ने जनाएको छ ।

Published in Annapurnapost Daily on Thu, Sep 07, 2017

Last Updated on September 9, 2017 by

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"

Press Release 18th AGM

Lumbini General Insurance Company Ltd.