Latest News

Lumbini General Insurance Head office is going to shift in own building @ Gyaneshwor soon..

बिबिध बिमा 

  • व्यक्तिगत तथा सामूहिक दुर्घटना बीमाः 
यस बीमालेखले बीमितको मृत्यु, पूर्ण तथा आंशिक शारीरिक क्षति तथा सोबाट उत्पन्न हुने अस्थायी अशक्तताका कारणबाट व्यहोर्नुपर्ने हानीनोक्सानी बिरुद्ध सुरक्षण प्रदान गर्दछ । यसले दुर्घटनाजन्य औषधोपचार खर्च समेत प्रदान गर्दछ ।
  • सेंधमारी तथा नकबजनी बीमाः 
यस बीमालेखले तपाईको भौतिक सम्पत्तीको चोरी तथा डकैतिबाट हुनसक्ने हानी नोक्सानीबाट सुरक्षण प्रदान गर्दछ ।
  • यात्रा बीमाः 
बिदेशमा यात्राको अवधीमा बिभिन्न कठिनाईहरुको सामना गर्नुपर्ने हुनसक्छ । यात्रा अवधीभर तपाईको सामान, कागजपत्र चोरिने, हराउने, बिरामी भई औषधोपचारमा हुने खर्च, दुर्घटनाबाट हुने नोक्सानी तथा खर्चहरु र दायित्व बीमाको सुरक्षण प्रदान गर्नुका साथै मालसामानको सुरक्षा समेत समावेस हुनेछ ।
  • औषधोपचार बीमाः 
व्यक्ति, परिवार तथा संगठित संस्थामा कार्यरत कर्मचारीहरुको उपचारको सिलसिलामा भएका खर्चहरुको क्षतिपूर्ति प्राप्त गर्न सकिन्छ ।
  • मार्गस्थ नगद बीमाः 
नगद कारोवार वा ओसारपसारका क्रममा लुटिने हराउने लगायतका जोखिम हुन्छन् । यस बीमालेखले त्यस्ता जोखिमबाट तपाईलाई सुरक्षा प्रदान गर्दछ ।
  • ग्राहस्थ बीमाः 
यस बीमालेखले तपाईका घरायसी सम्पत्तीहरु जस्तैः आवासीय भवन लगायत सोमा रहेका मालसामान, उपकरण आदिमा आगलागी वा अन्य प्राकृतिक प्रकोपबाट हुने नोक्सानीबाट आर्थिक सुरक्षण प्रदान गर्दछ । यसको साथै यस बीमाबाट सीमित मात्रामा व्यक्तिगत दुर्घटना बीमा समेतको जोखिम बहन गर्न गरिन्छ ।
  • विद्युतीय उपकरण बीमाः 

विद्युतीय माध्यमबाट संचालन हुने कम्प्युटर, फ्याक्स मेशिन, कारखाना, अस्पताल, कार्यालयमा जडान गरिएका विद्युतीय सामग्रीहरु, घरायसी उपकरणहरु आदिको सुरक्षण प्रदान गर्न सकिन्छ ।

  • व्यवसायिक बीमाः
व्यबसायिक व्यक्तिहरु जस्तै, डाक्टर, इन्जिनियर, कानून व्यवसायी आदिले जिम्मेवारीको सिलसिलामा उत्पन्न हुने दायित्वको बीमा गर्न सकिन्छ ।
  • जनदायित्व बीमाः

सार्वजनिक रुपमा प्रयोगमा आउने बस्तुहरुमा हुने क्षति जस्तै, प्रज्वलनशिल पदार्थहरु बिष्फोट, रसायनिक बस्तुहरुको चुहावटको कारणबाट तेश्रो पक्षको जीवन वा सम्पत्तीमाथि हुने क्षति बापत सुरक्षण प्रदान गर्दछ ।