परिचय

प्रतिष्ठित व्यवसायी, उद्यमी, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु मिलेर लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना २०६२ सालमा गरिएको हो । यसका संस्थापक अध्यक्ष नेपालका प्रथम गभर्नर श्री हिमालयन सम्सेर जबरा हुनुहुन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित बैंक, उध्यमी तथा व्यवसायीहरू, अटोमोबाइलका डिलरहरु, जलविध्युत प्रवर्दक, पर्यटन व्यवसायी, उद्यमी, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु, व्यापारीहरु र बीमा व्यवसायमा तीन दशकभन्दा बढी समयको अनुभव हांसिल गरेका कर्मचारीहरूबाट प्रवर्दित संस्था हाे ।

  • कम्पनी दर्ता मितिः
    २०६१ पाैष ९ (24/12/2004 AD)
    (कम्पनी रजिस्ट्रारकाे कार्यालय)
  • इजाजत पत्र प्राप्त मितिः
    २०६२ अाषाढ ३१ (15/07/2005 AD)
    (बीमा समिती)
  • ब्यवसाय संचालन मितिः
    २०६२ श्रावण २ गते (17/07/2005 AD)
परिचय

दृष्टीकाेण र उद्देश्य

दृष्टिकाेण र अभियान: उत्कृष्ट अन्तराष्ट्रिय श्रेणीकाे निर्जीवन बीमा सेवा सेवाग्राही अनि देशलार्इ प्रदान गरी नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी बन्ने ।


कर्पाेरेट उद्देश्यहरू:


शेयरधनीहरूलार्इ उचित प्रतिफल प्रदान गर्ने; कर्मचारीहरूको लागि राम्रो तलब र जीवनवृतिको विकास; ग्राहकहरूलाई कुशल सेवा; सामाजिक सेवामा अग्रणी; राष्ट्रकाे लागि पर्याप्त राजस्वकाे संकलन।

"उत्कृष्ट बीमा सेवा, हाम्रो प्रतिवद्धता।"